Logo

ओलीले ‘जे मन लाग्यो त्यही बोल्ने’ भन्दा प्रचण्डको जवाफ ‘तपाई को हो ?’



काठमाडौं, १६ मंसिर । नेपाल कम्युनिस्ट पार्टीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध बोल्दै थिए । उनको मन्तव्य ओलीप्रति कडा बन्दै थियो । जुन ओलीका लागि सह्य भएन ।

‘जे मन लाग्यो त्यही बोल्न पाइन्छ ?’ प्रचण्डले बोल्दा बोल्दै ओलीले प्रश्न गरे । निकै आक्रोशित ओलीले प्रचण्डको प्रस्तावलाई छलफलका लागि योग्य र लायक नभएकाले अस्वीकृत गर्नुपर्ने प्रस्ताव राखे । तर, त्यसमा बहुमत सचिवालय सदस्य सहमत भएनन् ।

मन्तव्य दिंदादिदै ओलीले रोक्न खोजेपछि प्रचण्डले प्रश्न गरे, ‘तपाईं को हो ? मैंले ल्याएको प्रस्ताव फिर्ता हुँदैन, छलफल हुँदैन भन्ने ?’ त्यसपछि दुवै अध्यक्षबीच भनाभन भयो । अन्य सचिवालय सदस्यहरुले बोलेर साम्य पार्नुपरेको थियो ।

ओलीले बोल्न रोकेपछि प्रचण्डले पार्टी कमिटीको निर्णय अनुसार हुने भने । उनले अन्य नेताहरुतर्फबाट फर्केर छलफलका लागि प्रस्ताव के हुने भन्ने सोधेका थिए । वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ छलफलको पक्षमा उभिए । उनीहरुले बोल्न नपाउने भन्ने नभएको र प्रचण्डको प्रस्ताव नै छलफलका लागि अगाडि बढिसकेको बताए ।

सचिवालयका ओली पक्षधर भनिएका इश्वर पोखरेलले पनि छलफलका लागि गइसकेको बताएका थिए । बादलले पनि छलफल गरेर सहमतिका साथ बढ्नुपर्नेमा जोड दिएका थिए ।

नेकपाभित्र ओली र प्रचण्डबीच आरोप प्रत्यारोपसँगै व्यक्तिगत टकराव बढेको छ । यसमा नेताहरुबीच पनि ध्रुवीकरण भएको छ ।



प्रतिक्रिया दिनुहोस्