Logo

कक्षा १२ को प्रश्नपत्र नछाप्दा करिब ५ करोड रुपैयाँ बचत



काठमाडौं, मंसिर १७ । कोभिड–१९ त्रासबीच नै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ (माध्यमिक शिक्षा परीक्षा) को परीक्षा मंगलबार सम्पन्न गरेको छ । स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर विद्यालयहरूले परीक्षा सञ्चालन गरे र सफल पनि भयो ।

यस पालिको परीक्षामा प्रश्नपत्र छपाइ, प्याकेजिङ, ढुवानी तथा सुरक्षालगायतमा खर्च नै गर्नु परेन । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलका अनुसार कक्षा १२ सञ्चालन रहेका चार हजार एक सय ५ विद्यालयमध्ये तीन हजार नौ सय ५० विद्यालयको बोर्डले इमेल बनाएर सबै विषयको प्रश्नपत्र पठाएको थियो । साथै सबै विद्यालयको वेबसाइटसँग बेबसाइटमा कनेक्ट गरिएको थियो ।

परीक्षाको आधा घण्टाअगाडि मात्र विद्यालयमा प्रश्नपत्र इमेल गरिएको थियो । १२ को परीक्षा प्रविधिमैत्री बनेकाले यस पालि बोर्डको ५ करोड बढी रकम बचत भएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्