Logo

नेकपा संवाद फुटकेन्द्रित



काठमाडौं, मंसिर १७ । पार्टी एकीकरणलगत्तै अन्तरसंघर्ष सुरू भएको नेकपाका शीर्ष नेताका पछिल्ला संवाद फुटकेन्द्रित बन्दै गएका छन् ।

आफूलाई एकताको पक्षधर बताउने अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नै कारण अहिलेसम्म पार्टी फुट्नबाट जोगिएको दाबी गर्ने अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आरोप–प्रत्यारोपको पारो दिनहुँ बढिरहेको छ ।

यो सिलसिलाले मंगलबार पनि निरन्तरता पायो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकमा अध्यक्षद्वयले एकअर्कामाथि दोषारोपण गर्दै यसअघि पेस गरेका प्रस्तावहरुलाई के गर्ने भन्नेमा विवाद हुँदा बाझाबाझको स्थिति बन्यो ।

ओलीले दाहालको प्रस्ताव फिर्ता हुनुपर्ने अडान राख्दै आउँदो महाधिवेशनसम्म कुनै पनि निर्णय बहुमत अल्पमतबाट नहुने दोहोर्‍याए । बहुमतबाट हुने निर्णय मान्न आफू तयार नरहेको भन्दै उनले बुधबारको बैठकमा उपस्थित नहुने जानकारीसमेत गराए । कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्