Logo

अर्गानिक मलका लागि निर्देशिका



सिरहा, मंसिर १७। सरकारले अर्गानिक मललाई व्यवस्थित गर्न निर्देशिका तयार गरिरहेको छ । बर्सेनि रासायनिक मलको हाहाकार भइरहेको विषयलाई दृष्टिगत गर्दै स्वदेशमा उत्पादन हुने अर्गानिक मललाई व्यवस्थित गर्न लागेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।

कृषि मन्त्रालयका सहसचिव कञ्चन पाण्डेकोे संयोजकत्वमा प्राङ्गारिक तथा जीवाणु मल नियमन निर्देशिका २०७७ तयार भइरहेको छ । सो निर्देशिकाअनुसार अर्गानिक मलको बिक्री वितरण, अनुगमन, उत्पादनलगायतका विषयलाई नियमन गर्ने बताइएको छ । अर्गानिक मलको उत्पादन स्थानीय स्तरमा भइरहने भएको हुनाले त्यसको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकार र स्थानीय सरकारलाई दिने तयारी भइरहेको कृषि मन्त्रालयले जनाएको छ ।

एक हजार मेट्रिक टनसम्मको मल उत्पादन, बिक्री वितरण, बजारलगायत सम्पूर्ण व्यवस्थापन स्थानीय तहले गर्नेछ भने त्यसभन्दा बढीको उत्पादनको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारलाई दिइने तयारी भइरहेको कार्यदलक संयोजक एवं सहसचिव पाण्डेले बताए।

उनले विगतमा पनि अर्गानिक मलको विषयमा काम भए पनि व्यवस्थित हुन नसकेकाले प्रदेश र स्थानीय तहलाई जिम्मेवारी दिएर यसलाई व्यवस्थित गर्न लागेको बताएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्