Logo

कोरोनाको कहरबीच ओलम्पिक



एजेन्सी, १७ मंङसिर । जापानको राजधानी टोक्योमा ओलम्पिकको पाँच वटा रिङ पुनःस्थापित गरिएको छ । उक्त रिङहरुलाई चार महिना पहिले मर्मतका लागी हटाइएको थियो । त्यसबेला कोरोनाको महामारीका कारण ओलम्पिकलाई अगामी वर्षका लागि रद्द गरिएको थियो । उक्त रिङहरुलाई मंगलबार पुनः टोक्योको रेन्बो ब्रीजमा ल्याइएको छ ।

पाँच रिङको रङ निलो, कालो, हरियो, रातो र पहेलो रहेको छ । रिङको लम्बाई सय फिट लामो रहेको छ । रिङलाई सन् २०२० को सुरुवातमा बनाइएको थियो । महामारी सुरु भएपश्चात गत मार्च महिनामा ओलम्पिक कमिटीले एक वर्षका लागी रद्द गरेको थियो ।

पुनः स्थापित गरिएको रिङले सम्पूर्ण ओलम्पिक खेलाडीमा आशा पलाएको छ । र, महामारीबीच पनि विदेशी खेलाडीहरु जापान प्रवेश गर्नेछ । महामारीलाई मध्यनजर गरी विदशबाट आउने खेलाडीहरुको तीव्र कोरोना परिक्षण र खोपको समेत व्यवस्था भएपश्चात मात्र खेलाडीहरुलाई भित्राइन छ ।

ओलम्पिक हेर्ने आउने दर्शकलाई समेत विभिन्न मापडण्ड पुरा गरी प्रवेश गराइनेछ । ओलम्पिक रद्द हुदाँ ओलम्पिक कमिटीले करिब ३ अर्ब डलरको घाटा बेर्होनु परेको थियो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्