Logo

राससकर्मी गौतमलाई पितृशोक



काठमाडौं, १७ मंसिर । राष्ट्रिय समाचार समितिका तस्वीर सम्पादक कृष्णराज गौतमलाई पितृशोक परेको छ । उनका पिता ईश्वरचन्द्र गौतमको गत शुक्रबार राति ८ बजे हृदयाघातबाट निधन भएको हो । उनी मिर्गौला र मधुमेह रोगबाट पीडित थिए । राति ७ बजे खाना खाएर बसेका गौतमलाई असजिलो महसुस भएपछि आफ्नो निवास कुमारी क्लब, बल्खुबाट स्थानीय वीर अस्पतालमा उपचारका लागि लगिए पनि स्वास्थ्यमा सुधार नभएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

पुख्र्यौली घर अर्घाखाँची भएका गौतमले हिमाल सिमेन्ट उद्योगमा केमिष्ट पदमा रही सेवा पु¥याएका थिए । उनले अर्घाखाँची, पाल्पा, बागलुङलगायत जिल्लामा अध्यापन पनि गरेका थिए । स्वर्गीय गौतमको शुक्रबार नै राति पशुपतिमा अन्त्येष्टि गरिएको छ । उनका पत्नी, दुई छोरा र एक छोरी छन् ।

रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले पत्रकार गौतमका बुवाको निधनमा दुःख र हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । र, गौतम परिवारलाई शोकको घडीमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्