Logo

प्रधानमन्त्री ओली सचिवालय बैठकमा सहभागी हुने



काठमाडौं, १७ मंसिर । नेपाल कम्युनिस्ट पार्टीको सचिवालयको जारी बैठक आज धुम्बाराहीमा बस्ने भएपछि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली जान मानेनन् । उनलाई मनाउन सचिवालयका केही नेताहरु लागे । ओलीलाई मनाउनकै लागि १ बजेका लागि तय गरिएको बैठक २ बजे सारियो । अन्ततः ओली अडानबाट पछि हटे । उनी बैठकमा सहभागी हुने भएका छन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले बैठकमा सहभागी हुने बताए । थापाका अनुसार बैठक एक घन्टा सारिएपछि ओली सहभागी हुने निश्चित भएको हो ।

मङ्गलबार पनि धुम्बाराहीमा राखिएको बैठक बालुवाटारमा सारिएको थियो । धुम्बाराहीमा सुरक्षाको कारण जनाउँदै बैठक सारिएको थियो ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्