Logo

भारतबाट भन्सार छली ल्याउँदै गरेको कपडा बरामद



बारा, १७ मंसिर । भारतबाट भन्सार छलि ल्याउँदै गरेको कपडा प्रहरीले बरामद गरेको छ । जितपुर सिमरा गम्हरगामा टोलमा भारतबाट भन्सार छली ल्याउँदै गरेको करिब ५ लाख रुपैयाँ बराबरको कपडा बुधबार बिहान प्रहरीले बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीलाई देख्नासाथ ना.११ प ७७३२ र बीआर २२ एफ ८१८१ नम्बरको मोटरसाइकल छाडी अपरिचित व्यक्तिहरु फरार भएपश्चात मोटरसाइकल जाँच गर्ने क्रममा उक्त रमक बराबरको कपडा फेला पारी प्रहरीले बरामद गरेको जनाएको छ ।

हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्