Logo

ओली नआएपछि नेकपा सचिवालय बैठक केहीबेर बसेर स्थगित्, अर्को बैठक मंसिर २० गते



काठमाडौं, १७ मंसिर । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक केहीबेर बसेर स्थगित् भएको छ । आजको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित् भएनन् । बैठकपछि मिडियाकर्मीलाई जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालयको अर्को बैठक आगामी मंसिर २१ गते बस्ने निर्णय भएको स्पष्ट पारेका छन् ।

प्रवक्ता श्रेष्ठले भने,”आगामी बैठकमा अध्यक्ष ओलीको अनिवार्य उपस्थितिको अपेक्षासहित उहाँलाई बैठकमा आउन अनुरोध गर्ने निष्कर्षका साथ अब सचिवालयको बैठक मंसिर २० गते १ बजे र स्थायी कमिटी बैठक मंसिर २१ गते १ बजेदेखि सुरू हुने निर्णय गरिएको छ।”

त्यस्तै, सचिवालय बैठक २० गते बस्ने भएपछि भोलि बस्ने भनिएको स्थायी कमिटीको बैठक पनि प्रभावित भएको छ । स्थायी कमिटीको अर्को बैठक मंसिर २१ गते बस्ने भएको हो । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्