Logo

उपमहानगरपालिकाको छाप र रसिद किर्ते गरेको अभियोगमा पक्राउ



बारा, १७ मंसिर । उपमहानगरपालिकाको छाप र रसिद किर्ते गरेको अभियोगमा ३५ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । जितपुरसिमरा उपमहानगरपालिकाको छाप र रसिद किर्ते गरी कर संकलन गरेको अभियोगमा पर्सा वीरगंज महानगरपालिका–२ का अजय कुमार साह पक्राउ परेका हुन् ।

साहले उक्त उपमहानगरपालिकाको छाप र रसिद किर्ते गरी मङ्सिर ७ गते सोही उपमहानगरपालिका–१६ स्थित बालगंगा खोलामा कर संकलन गरेको अवस्थामा फेला पारी उनलाई सोमबार प्रहरीले पक्राउ गरेको बताएको छ ।

साहमाथि जिल्ला अदालत बाराबाट ५ दिन म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्