Logo

जरिवाना रकम नतिरी फरार



काठमाडौं, १७ मंसिर । ठगी मुद्दाका फरार प्रतिवादी एकजना मंगलबार पक्राउ परेका छन् । ठगी मुद्दाका फरार प्रतिवादी काठमाडौं माछापोखरी बस्ने नुवाकोट घर भएका शुवास लामा भन्ने सुब्बा लामालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेका हो ।

जिल्ला अदालत काठमाडौंको २०६७ जेठ १९ गतेको फैसलाले उक्त मुद्दामा १२ लाख ३० हजार रुपैयाँ जरिवाना भएकोमा रकम नतिरी फरार रहेका लामालाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले ललितपुर महालक्ष्मी नगरपालिका–३ टिकाथलीबाट पक्राउ गरेको बताएको छ ।

लामालाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत काठमाडौं पठाएको उक्त महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्