Logo

लागूऔषध सहित पक्राउ



काठमाडौं, १७ मंसिर । अवैध लागूऔषध सहित ३४ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । दक्षिणकाली फर्पिङ बसपार्कबाट भक्तपुर बस्ने बारा ‍घर भएका आश्वान ठाकुर हाजम नियन्त्रित लागूऔषध ९८ एम्पुल डाइजेपाम र ९९ एम्पुल नुर्फिन सहित मंगलबार राति पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्