Logo

‘डिसेम्बर फल्स’मा आर्यनसँग उपासनाले रोमान्स गर्दै



काठमाडौं, १७ मंसिर । केही दिनअघि मात्र घोषणा गरेको फिल्म ‘डिसेम्बर फल्स’ मा अभिनेत्रीमा उपासना ठकुरीले प्रवेश पाएकी छिन् । माघबाट सुरु हुने यस फिल्ममा अभिनेता आर्यन सिग्देल यस अघिनै अनुबन्धित भएका थिए ।

नेपाली चलचित्र क्याप्टेनबाट फिल्म क्षेत्रमा डेब्यु गरेकी उपासना लामो समययता फिल्ममा हस्ताक्षर गरेकी थिइनन् । उपासना भन्दा अगाडी नायिका सुहाना थापालाई अभिनेत्रीको रुपमा अफर गरीएको थियो । तर सुहानाले ‘ए मेरो हजुर ४’ मा व्यस्त भएको कारण देखाउँदै प्रस्ताव अस्विकार गरेपछि उपासनाले इन्ट्री पाएकी हुन् । उपासनालाई फिल्मको स्क्रिप्ट मन परेको बताईएको छ । उनी आर्यन सिग्देलसँग स्क्रिन सेयर गर्न उत्साहित छिन् । लभस्टोरी थ्रिलर यस फिल्मलाई निर्देशन प्रविण झाले गर्दैछन् । फिल्ममा सलोन बस्नेत, सुमन थापा, नगेन्द्र रिजाल, दयाराम दाहाल र नरेश भट्टराईको सशक्त अभिनय रहनेछ ।

फिल्मको कथा विपिका खनालले लेखेकी हुन् भने लक्ष्मण रिजाल फिल्मको कार्यकारी निर्माताको रुपमा रहेका छन् । एउटी नर्सले बिरामीको उपचारको क्रममा भोग्नु परेको विविध घटना तथा समस्यालाई यर्थाथ रुपमा फिल्ममा समेटिने निर्माणपक्षले जनाएको छ । काठमाडौं र पोखरामा छांयाकन हुने यस फिल्मको रिलिज मिती २०७८ साउन १ तोकीएको छ ।



प्रतिक्रिया दिनुहोस्