Logo

सलमान खानको ‘तेरे नाम’ सिक्वेल बन्ला त



एजेन्सी, १७ मंसिर । सलमान खानको फिल्म ‘तेरे नाम’ २००३ मा सुपरहिट भएको थियो । यस फिल्ममा सलमानले राधेको भुमिका निभाएका थिए । जसलाई धेरैले मन पराएका थिए । पछिल्लो समय देखि यो फिल्मको सीक्वलको चर्चा भइरहेको छ ।

भर्खरैमात्र फिल्मका निर्देशक सतीश कौशिक ले खुलाशा गर्दै भनेका छन्,“ ‘तेरे नाम’ को कहानी अगाडी बढाउन मसँग ३–४ आइडिया रहेका छन् । तर, सलमानसँग कुरा भएको छैन् ।”

सतीश कौशिकले भने, ‘पुरानो फिल्ममा राधे मोहनको भुमिकामा अझै केही प्रकारका फिल्म बनाउन सक्छौ । यदि नयाँ फिल्म बनाउने योजना अगाडी बढेमा पुरानो तेरे नाम जहाँबाट सकिएको थियो त्यहि बाट सुरु हुनेछ ।’

तेरे नाम फिल्म तमिलको एक फिल्म सेतुको रीमेक थियो । यसको अधिकार रामगोपाल वर्माले खरिद गरेका थिए र अनुरागले लेखेका थिए । फिल्ममा हिरो सन्जय कपुर थिए । पछि प्रोजेक्टमा परिर्वतन गरेर नयाँ प्रोड्युस गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्