Logo

अक्षय कुमार र एकता कपुरको फिल्म



एजेन्सी, १७ मंसिर । बलिउड अभिनेता अक्षय कुमार र एकता कपुरले फरवरी २०२० मा एकसाथ फिल्म गर्ने घोषणा गरेका थिए । फिल्म बनाउने घोषणा भएको लगभग ९ महिना बितेको छ तर, हाल भने कुनै चर्चा भएको छैन् । अक्षय कुमार लगातार फिल्मका सुर्टिङमा व्यस्त छन् । हालसम्म नामसमेत पनि घोषणा नभएको एकता र अक्षयको नयाँ फिल्म नबन्ने सम्भावना भएको जानकारहरु बताउँछन् ।

बलिउडको खबर अनुसार फिल्म बन्द भएको छैन् । लकडाउनको कारण फिल्मको योजनामा अलिकति गडबडी भएको हो र स्वभाविक पनि हो किनकी पछिल्लो केही महिनामा भारी उथलपुथल मच्चीरहेको छ र त्यो मध्ये फिल्म क्षेत्र पनि एक हो ।

फिल्म कमेडी हुने, जसमा अलिकति एक्सन पुर्ण हुने पनि अक्षय र एकताले फिल्मको घोषणा गर्दा जानकारी दिएका थिए । एक सुत्रका अनुसार यस फिल्मको स्क्रिप्टको काम चलिरहेको छ । स्क्रिप्ट ढिलो भएको कारण फिल्मको काम अगाडी बढ्न सकेको छैन् । बिना स्क्रिप्ट उनीहरुले फिल्मको घोषणा गरेका थिए । जहिले स्क्रिप्ट मन पर्छ तब काम सुरु हुनेछ ।

स्क्रिप्ट तयार भएपछि अक्षयले हेर्नेछन् र अक्षयले नै कसरी अगाडी बढ्ने निर्धारण गर्नेछन् । अक्षय र एकता वर्षौपछि एकसाथ काम गर्ने भएका हुन् । पछिल्लो समयमा उनीहरुले ‘वंस अपान ए टाइम इन मुम्बई दोबारा’ मा सँगै काम गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्