Logo

रानी मौरी कारमा थुनिँदा दुई दिनसम्म हजारौं मौरीले कारलाई घेर्यो



हामी सबैलाई थाहा छ मौरीको एक रानी हुन्छ । जुन सबै मौरीको लागि सबै हुन्छ् । मौरीको रानी तथा मौरीको एकता युकेमा देखिएको छ जुन हेर्दा मानिसलाई लोभ लाग्न सक्छ ।

वास्तवमा एक मौरीको समूहकी रानी मौरी कारको डिक्कीमा बन्द भएको थियो । त्यसपछि मौरीका २० हजार भन्दा मौरीले २ दिनसम्म उक्त कारको पिछा गरिरहे । समाचार अनुसार पश्चिम वेल्समा स्थित हावरवोर्डशायरमा बस्ने ६५ वर्षीया कैरोल होवार्थको कारमा मौरीका झुन्डले २ दिनसम्म पिछा गरिरहे । नेशनल पार्कका रेन्जर तथा अन्य मानिसहरुले मौरीको समुहलाइृ हटाउन धेरै कोशिश गरेपनि सकेनन् ।

कैरोल किनमेल गर्नलाई आफ्नो कार पार्कमा छाडेकी थिइन् । एक रिपोर्टको अनुसार उनको कारको डिक्कीमा अन्जानमा रानी मौरी घुसेको थियो र अन्य मौरीले उनको पिछा गरेका थिए । महिलाले मौरी धबाउन धेरै प्रयास गरिन् तर कति मौरीले त उनलाइृ टोकी दिएपनि ।

यसरी मौरीको झुण्डले कारलाइृ घेरेको पहिलो पटक देखेको राजरले बताएका छन् । यस घटना देखेर सबै मानिसहरु अत्तालिएका थिए र आश्चर्य मान्दै फोटो लिनेको भिड थियो । मौरीको समुह तेज हावामा उड्थे र गति कम हुँदा बित्तिकै फेरी कारमा आएर बसिहाल्थे । एजेन्सी



प्रतिक्रिया दिनुहोस्