Logo

ब्रेकअप पछि प्रेमिकाको खुट्टामा लम्पासार परे प्रेमी



चीनमा एक यस्तो विषयले चर्चा पाएको छ जसमा प्रेमीले प्रेमिकालाई मनाउँनको लागि युवतीको खुट्टा समेत समातेका छन् । यो पूर्वी चीनको हुईन शहरको हो । एक युवक आफ्नी प्रेमिकाको खुट्टामा लडिरहेका छन् तर प्रेमिकाले उसको पिछा छुटाउन कोशिश गर्दैछिन् ।

एक रिपोर्टको अनुसार प्रेमी–प्रेमिकामा कुनै कुरामा झगडा भयो र प्रेमिकाले ब्रेकअप गरिदिइन् । युवकले उनलाई मनाउँनको लागि यस्तो तरिका अपनाएका हुन् तैपनि प्रेमिकालाई मन परेन । युवती सबै सम्बन्धको अन्त्य गरेर जान चाहेकी थिइन् र उनले लगातार मलाई जान देउ भन्दै थिइन् । तर युवकले भने उनको खुट्टामा झुन्डिएर सडकमा मायाको भिख मागिररहेका थिए ।

युवकले लगातार मलाई छाडेर नजान प्रेमिकालाई भनिरहेका थिए । प्रेमिकाले प्रेमिलाई दाउमा राखेकी थिइन् । सडकको बिच भागमा दुवैजना जुधिरहेका थिए । यस घटनालाई धेरै मानिसहरुले क्यामेरामा कैद गरीरहेका थिए । तर उनीहरुलाई यस कुराको कुनै परवाह नै थिएन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्