Logo

हजुर आमा र नातिको विवाह हुने यो स्थान



विभिन्न देशहरुमा विवाहका आ–आफ्नै परम्परा हुने गर्छन् । कतै देवर–भाउजुबीच विवाह भएको त सुनेका छौ तर, हजुरआमा–नातिको विवाह भएको बारेमा आज हामी बताउँछौ । एमपीमा एक यस्तो समुदाय पनि छ जहाँ, महिला पतिको मृत्यु भएपछि विधवा हुँदैनन् । त्यहाँका मानिसहरु हजुरआमासँग नाति र भाउजुको देवरसँग विवाह गर्न पनि तयार हुन्छन् ।

गोड समुदायका महिलाहरु विधवा भेटिदैनन् । यो समुदायमा घरमा कोही विधवा भएमा घरकै कुमार केटासँग विवाह गराइदिन्छन् । एक मिडियको रिपोर्ट अनुसार, यदि दोस्रो विवाह कुनै महिलाले अस्विकार गरेमा विशेष अवसरमा चादीका कडे दिइन्छ, त्यसपछि विवाह फिर्ता भएको मान्यता दिएर महिलालाइृ कुमार केटाको जिम्मामा राखिन्छ ।

हजुरबुबा मरेको ९ दिनमा नाति र हजुरआमाको विवाह गरिदिन्छन् । विवाहपछि परिवारमा हुने सम्पुर्ण कार्यमा पति पत्नीको रुपमा सहभागी हुन्छन् । हजुरबुवाको निधनपछि नातिसँग हजुरआमाको विवाह भएमा त्यो नाति घरको मुखिया हुन्छ । चाहे उनका बाबु जिउँदा भएपनि ।

यसरी नाबालिगले आफ्नो इच्छा विपरित जबरजस्ती विवाह गर्नूपर्छ । तर नाबालिगले पछि ठुलो भएर दोस्रो विवाह गर्न चाहेमा हजुरआमाको निधन नभएपनि अनुमति पाउँछ । उमेरमा धेरै फरक भएको कारण शारीरिक सम्बन्ध उनीहरुबीच हुदैँन । तर, भैहाले पनि त्यो समाजले गलत ठान्दैन् ।

गोंड समाजका सुन्दर बाईको विवाह सानो देवरसँग भएको थियो । उनको विवाह भएको २ वर्षपछि पतिको निधन भयो र विधि विधानले कुमार देवरसँग विवाह भएको थियो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्