Logo

स्वस्थ रहन उपवास



सामान्य शब्दमा उपवासको अर्थ खाद्य वा पेय पद्वार्थबाट बिमुख हुनु हो । संस्कृतमा उपधातुको अर्थ ‘निकट’ र वासको अर्थ ‘रहनको लागि’ । अर्थात उपवासको मतलब ईश्वरको नजिक रहनु वा ईश्वरसँग घनिष्ठ हुनु हो । अर्थात भोजनबाट टाढा हुनु हो ।

उपवासको अलग–अलग तरिका हुन्छन् । जल उपवास, रस उपवास, अस्थायी उपवास, आंशिक उपवास । एकथरी उपवासमा केही घन्टादेखि केही दिनसम्म खाद्य र पेय पद्वार्थबाट टाढा रहनु पर्छ । जल उपवासमा एक निश्चित समयको लागि पानी तथा रस उपवासमा निश्चित समयपछि तरकारी वा फलका रस खाने गरिन्छ ।

महाभारतमा ‘व्रत’ धार्मिक संकल्पको रुपमा आएको छ । जसमा मानिसको सामान्य व्यवहार र अन्न सम्बन्धि केही नियमको पालना गनूृपर्छ । पुराणमा व्रत भंग हुनेको दोष र उनको प्रायश्चितको बारेमा पनि वर्णन गरिएको छ । मनुस्मृतिमा अधिक भोजन र यसको दुष्परिणाम प्रति सचेत हुन निर्देश दिएको छ । भोजन सही अनुपात र समयमा मात्र गर्नुपर्छ ।

उपवास बस्नुको फाइदा

उपवास बस्नाले केवल शरीरको रोग प्रतिरोधक क्षमता मात्रै बढाउँने होइन्, तौल घटाउने देखि शरीर र मनलाई स्वस्थ राख्न पनि अहम भुमिका निभाउँछ । मधुमेह रोगीका गरिएको अध्ययनको अनुसार उपवासले शरीरमा चीनीको मात्रा कम गर्न सक्छ । उपवासले इन्सुलिन प्रतिरोधको कम गर्न तथा क्यालोरी सेवनलाई कम गर्ने तरिकालाई पनि प्रभाव पार्न सक्छ ।

यसको साथै उपवासले शरीरमा सामान्य प्रतिरक्षा प्रक्रियालाई बलियो बनाएर कुनै पनि संक्रमणसँग लड्नमा मद्दत गर्छ । यसले जीवाणु तथा विषाणुबाट बचाउँछ, तर पुरानो वा दिर्घ रोगीको लागि गम्भीर समस्या निम्तन सक्छ । अर्को एक अध्ययन अनुसार, हृदय रोग, क्यान्सर, गठिया सम्बन्धि रोगहरुमा पनि सुन्निने समस्यालाई उपवासले कम गर्न सहयोग पुग्न सक्छ । उपवासले रक्तचाप, ट्राइग्लिसराइड्स तथा कोलस्ट्रोललाई पनि सुधार ल्याउछ । आहार र जीवनशैलीमा परिर्वतन गरेर हृदय रोगको खतराबाट पनि बचाउँन लाभकारी हुन्छ । विशेष गरी उपवासले रक्तचाप घटाउन र तौल नियन्त्रण गर्नमा ठुलो भुमिका खेलेको हुन्छ ।

मुसामा गरिएको एक परिक्षणमा उपवासले मस्तिष्क स्वास्थ्यलाई रक्षा गर्नलाई सक्षम हुने पत्ता लागेको छ । उपवासले समय र ध्यानमा कमी तथा स्मृति वा सिक्ने क्षमतामा पनि सुधार गर्न सक्छ । उच्च प्रोटिनयुक्त आहारले हाम्रो स्मृति अवलोकनमा मधुरो बनाइदिन्छ र व्याकुलता तथा संवेदनशीलता बढाइदिन्छ । जति हामी लगातार रुपमा प्रकार–प्रकारका आहार लिन्छौ तब शरीरले ग्लाइकोजन कम गर्र्ने मौका पाउदैन । जसबाट केटोन उत्पादनको लागि समय मिल्दैन र त्यसको असर हामीले भोग्नु पर्छ ।

पुरै दिन उपवास बस्दा ९ प्रतिशतसम्म तौल कम गर्न सकिन्छ । मानव विकास हर्मोन एक प्रकारको प्रोटीन हर्मोन हो । जसले स्वास्थ्यको केही नराम्रा चीजलाई नियन्त्रित गर्छ । नियमित उपवासले ग्रोथ हर्मोनको स्राव बढाउँछ र शारीरिक विकास, पाचनतन्त्र, तौल घट्ने र मांसपेशी बलियो बनाउँछ । उपवासले व्यक्तिलाई दिर्घायु बनाउँछ र जवान बनाइराख्छ । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्