Logo

आज थप ९ संक्रमितको मृत्यु



काठमाडौं, १७ मंसिर । कोरोना संक्रमणबाट आज थप ९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १५३८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित १४ सय ९० थपिएका छन् । आज १५ सय ६७ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख  ३६ हजार २ सय ४६ संक्रमित भएपनि २ लाख १८ हजार १ सय ६१ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने १६ हजार ५ सय ४७ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म १७ लाख ५४ हजार ६ सय ३० जनाको पिसीआर परिक्षण भएको छ भने १६ हजार ५ सय ४७ जना आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या ६ सय ५ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्