Logo

मकै खेतीभित्र गाँजा खेती



वीरगंज, १७ मंसिर । निजगढ नगरपालिका वडा नं. १२ लालटोलमा तीन बिघामा लगाइएको गाँजा खेती बारा प्रहरीले फडानी गरेको छ । लालटोलको मकै खेतीभित्र लुकाएर अवैध रुपमा गरिएको गाँजा खेती मंगलवार बाराका प्रहरी उपरीक्ष्ँक कृष्ण प्रसाद पंगेनीको नेतृत्वमा रहेको प्रहरीले फडानी गरेको हो ।

सो वडाको बिभिन्न एलानी ठाउँमा रहेका मकै खेतीभित्र लुकाएर गरिएको तीन बिघा क्षेत्रफलमा लगाइएको अवैध गाँजा खेती फडानी गरी नष्ट गरिएको प्रहरी उपरीक्षक पंगेनीले बताए ।



प्रतिक्रिया दिनुहोस्