Logo

चीनले तीस वर्षपछि भारतको चामल किन्न थाल्यो



एजेन्सी, १७ मंसिर । चीनले भारतसँग चामल किन्न थालेको छ । तीस वर्षपछि चीनले भारतँग चामल किन्न शुरु गरेको हो ।

भारी छुटमा चीनले भारतको चामल आयात गर्न थालेको जनाइएको छ । भारतीय व्यापारीहरले एक लाख टन चामल चीनलाई बेच्ने सम्झौता गरेका छन् । प्रति टन तीन सय डलरमा चामल खरिद सम्झौता भएको हो । अब चीनमा ३० करोड डलर मूल्य बराबरको एक लाख टन निर्यात हुनेछ ।

चीन विश्वमा सबैभन्दा बढी चामल आयात गर्ने देश हो । भारत सँसारमै सबैभन्दा बढी चालम निर्यात गर्ने मुलुक हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot