Logo

लोरेन नेपालले बाड्यो सोलुका ५ सय १० गरिब विद्यार्थीलाई छात्राबृत्ति



सोलुखुम्बु÷१७ मंसिर । लामो समयदेखि सोलुखुम्बुको शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको लोरेन नेपालले यो बर्ष जिल्लाका ५ सय १० विद्यार्थीलाई छात्राबृत्ति प्रदान गरेको छ । विभिन्न विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थी छनौट गरि सम्बन्धित विद्यालयमै पुगरे छात्राबृत्ति वितरण गरिएको लोरेन नेपाल फ्रान्सका मेनेजर निमा शेर्पाले जानकारी दिए ।

प्रति विद्यार्थी ६ हजार ५ सय का दरले सोलुदुधकुण्ड नगरपालिका र माप्यदुधकोशी गाउँपालिकाका केही विद्यालयमा पढ्ने विद्यार्थीले छात्राबृत्ति पाएका हुन् । आर्थिक अवस्था कमजोर भएर शिक्षा ग्रहण गर्न बन्चित बनेका विद्यार्थीहरुको शिक्षा आर्जनमा सहयोग गर्ने उद्देश्यले यतिका संख्यामा विद्यार्थीहरुलाई सहयोग गरिएको मेनेजर शेर्पाको भनाई छ । विगतका बर्ष झै यो बर्ष पनि सोलुदुधकुण्ड नपा २ का सेतिदेवि आवि, बेनी आवि, बौद्ध एकेडेमी, जुनवेशी मावि, फोङबोचे आवि, वडा नम्बर १ को रिङ्मु, हेवा र नुनथलाका विद्यार्थीहरु छात्राबृति परियोजनाबाट लाभान्वित भएका छन् । लोरेन नेपालले माप्यदुधकोशी गाउँपालिकाको काँकु र बाँसका विद्यार्थीहरुलाई पनि काँकुमै पुगेर अभिभावक र विद्यार्थीको भेलाको आयोजना गरि रकम हस्तान्तरण गरेको छ ।

कारोना कहरको मारमा परेका विद्यार्थीहरुलाई खाद्यान्न सहयोग गरेको लोरेन नेपालले यो पटकको विद्यार्थीहरुलाई सरसफाईका सामागृहरु साबुन, तौलिया, मास्क र स्वास्थ्य चौकीलाई १ सय थान फेसशिल्ड समेत वितरण गरेको छ । छात्राबृत्ति रकमको दुरुपयोग नहोस भन्नका लागि हरेक विद्यार्थीको लब्धांक पत्र अनिबार्य गरिएको मेनेजर निमा शेर्पाले बताउनु भयो । लाभग्राही विद्यार्थी र अभिभावकहरुले लोरेन नेपालको सहयोग पठन पाठनको निरन्तरताको लागि उल्लेख्य टेवा पुग्ने प्रतिक्रिया दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्