Logo

काँग्रेस वरिष्ठ नेता पौडेललाई यसरी प्रहरीले नियन्त्रणमा लियो (भिडियोसहित)



तनहुँ, १७ मंसिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गृहजिल्ला तनहुँको पुल उद्घाटन गर्न जाँदै थिए । उनलाई प्रहरीले बारम्बार रोक्न खोज्यो । काँग्रेस कार्यकर्ताले त्यसको प्रतिकार गरे । पौडेल अगाडि बढ्न खोजे । प्रहरीले बल प्रयोग गरी उनलाई नियन्त्रणमा लियो ।

जिल्लाको तालघारीबाट दुम्सीचौर जाने पुल उद्घाटन कस्ले गर्ने विषयमा विवाद थियो । स्थानीय उपभोक्ता समितिले पौडेलबाट उद्घाटन गर्ने निर्णय गरेको थियो । तर, सरकार आफ्नो भएको भन्दै नेपाल कम्युनिस्ट पार्टीले आफ्नो अनुसार गर्न खोज्यो । जिल्ला प्रशासन कार्यालयमा समेत उजूरी दियो । प्रमुख जिल्ला अधिकारीले पत्र लेख्न लगाएर उद्घाटन रोक्न भने । तर, पौडेल निमन्त्रणा गरे अनुसार उद्घाटनका लागि पुगे ।

प्रहरीले घेरा हाली पौडेललाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय तनहुँमा लग्यो । त्यहाँ स्थिति तनावग्रस्त भएपछि लाठीचार्ज समेत भयो ।

यसैगरी, काँग्रेस वरिष्ठ नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति सभापति शेरबहादुर देउवाले आपत्ती जनाएका छन् । उनले आज विज्ञप्तिमार्फत् पौडेलको तत्काल रिहा गर्न भन्दै सरकारलाई चेतावनी समेत दिएका छन् । उनले सरकारलाई अधिनाकवादीको आरोप समेत लगाए ।

काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंह, डा. शेखर कोइरालालगायतका नेताले पनि घटनाको निन्दा गर्दै आपत्ती जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्