Logo

अधिनायकवादी भन्दै देउवाले ओली सरकारलाई दिए कडा चेतावनी (विज्ञप्तिसहित)



काठमाडौं, १७ मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारलाई अधिनायकवादी भन्दै चेतावनी दिएका छन् । आज काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति आपत्ती जनाउँदै उनले गम्भीर परिणाम भोग्न तयार रहन चेतावनी दिएका हुन् ।

पौडेललाई नियन्त्रणमा लिएको घटनाप्रति आपत्ती जनाउँदै देउवाले भने, ‘सरकारको यो निन्दनीय व्यवहारको भत्सर्ना गर्दै तत्काल उहाँलाई रिहा गर्न, अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु । उनले सरकारलाई अधिनायकवादी भन्दै काँग्रेसलाई एक ढिक्का भएर शसक्त प्रतिरोध गर्ने चेतावनी समेत दिएका छन् ।’

यसैगरी, काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंह, डा. शेखर कोइरालालगायतका नेताले पनि घटनाको निन्दा गर्दै आपत्ती जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्