Logo

नायिका श्वेता खड्का विजयेन्द्रसँग लगनगाँठो कस्दै



काठमाडौं, १७ मंसिर । नायिका श्वेता खड्काले विवाह गर्न लागेकी छिन् । उनको २२ मंसिरमा विवाह हुने पक्का भएको छ ।

धनगढीका विजयेन्द्र सिंह रावतसँग श्वेताको विवाह हुनलागेको हो । विवाहको सबै तयारी पूरा भइसकेको बुझिएको छ । विवाहो कार्ड समेत छापेर सिमितलाई निम्तो दिइएको छ ।

विजयेन्द्रसँग केही समययता श्वेता प्रेम सम्बन्धमा थिइन् । उनी स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठकी पत्नी हुन् । विवाहको एक महिनापछि श्रीकृष्णको निधन भएको थियो । २०७१ सालमा श्रीकृष्णको निधनपछि श्वेताले चलचित्रमा सक्रियता देखाइरहिन् । उनी चर्चामा पनि रहिन् ।



प्रतिक्रिया दिनुहोस्