Logo

घट्यो तेस्रो मुलुकबाट आउने कन्टेनर कार्गो



वीरगञ्ज, मंसिर १८। तेस्रो मुलुकबाट नेपालका लागि आउने कन्टेनर कार्गो घटेको छ । वर्ष सन् २०२०र२१ को पहिलो ८ महीनामा समुद्रपारबाट भारतीय बन्दरगाह हुँदै आउने कार्गोमा कमी देखिएको हो ।

वर्ष २०२०र२१ को अप्रिलदेखि नोभेम्बरसम्ममा तेस्रो मुलुकबाट आउने कन्टेनर कार्गो २० प्रतिशतले घटेको भारतको कोलकातास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी ९एनटीडब्ल्यूसी०को तथ्यांक छ । यो वर्षको नोभेम्बरसम्ममा तेस्रो मुलुकहरूबाट ५५ हजार ६६४ ओटा २० फिटे कन्टेनर मालसामान आएको एनटीडब्ल्यूसी कोलकाताका प्रमुख लक्ष्मण खड्काले बताए ।

यस अवधिमा कोलकाता बन्दरगाहबाट ३४ हजार १७ र विशखापत्तनम् बन्दरगाहबाट २१ हजार ६४७ कन्टेनर भित्रिएका छन् । ती बन्दरगाहबाट ३७३ ¥याक कन्टेनर वीरगञ्ज सुक्खा बन्दरगाहमा आएको एनटीडब्ल्यूसीको तथ्यांकले देखाउँछ ।

वर्ष २०१९र२० को यसै अवधिमा भारतको कोलकाता र विशाखापत्तनम्बाट नेपालका लागि ६९ हजार ९४५ कन्टेनर मालसामान भित्रिएको थियो ।

बन्दाबन्दी र निषेधाज्ञा हटे पनि वैदेशिक व्यापारमा कोरोनाको असर देखिन छोडेको छैन । महामारीबाट थलिएको व्यापारले पुरानै गति समात्न समय लाग्ने व्यवसायीहरू बताउँछन् । पछिल्लो समय भारतबाट हुने व्यापारमा केही सुधार आए पनि तेस्रो मुलुकसँगको समग्र व्यापार परिमाण भने घटेको तथ्यांकले देखाएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्