Logo

पश्चिमी भेगमा हल्का वर्षाको सम्भावना



काठमाडौं, मंसिर १८ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुुसार आज देशका पश्चिमी पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

हाल गण्डकी प्रदेश, बाग्मती प्रदेश र प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जनाउँदै महाशाखाले आज दिउँसो लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने उल्लेख गरेको छ ।

त्यस्तै प्रदेश नं १ का पहाडी भू-भागका एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ । विहिबार रातीसम्म लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रहने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्