Logo

नेयमारको गोलले पिएसजीलाई म्यानचेस्टर युनाइटेडविरुद्ध महत्वपूर्ण जीत



एजेन्सी, १८ मंसिर । ब्राजिली फुटबल स्टार नेयमारको दुई गोलले पेरिस सेन्ट जर्मेनले म्यानचेस्टर युनाइटेडविरुद्ध महत्वपूर्ण जीत निकालेको छ । गएराति सम्पन्न च्याम्पियन्स लिग फुटबलमा समूह चरणको खेलमा पीएसजीका लागि नेयमारले छैठौं र इन्जुरी समयमा गोल गरेका थिए ।

रासफोर्डले ३२ औं मिनेटमा बराबरी गोल गरेपनि पिएसजीले दोस्रो हाफमा म्यानचेस्टरमाथि दुई गोल थपेको थियो । खेल पीएसजीको पक्षमा ३-१ ले गयो । ७० औं मिनेटमा युनाइटेडका फ्रेडले रातो कार्ड खाएका थिए ।

जीतसँगै पिएसजी समूह चरणमा युनाइटेडसँग समान ९ अंकका साथ दोस्रो स्थानमा छ । समुहमा आरबी लिपजिगको पनि समान ९ अंक भएकाले अन्तिम खेलले नकआउट चरणमा पुग्ने दुई टोलीको टुंगो लगाउनेछ ।



प्रतिक्रिया दिनुहोस्