Logo

अमेरिका–चीन बीचको व्यापार युद्ध कायमैः बाइडेनले चीनमाथि लगाइएको शुल्क नहटाउने



एजेन्सी, १८ मङ्सिर। अमेरिकाको राष्ट्रपति पदमा चुनिएका जो बाइडेनले ट्रम्पले चीनमाथि लगाउदै आएको शुल्क तत्काल नहटाउने बताएका छन् ।

उनले चीनबाट आयातित कयौँ बस्तुमा तत्कालिन सरकारद्धारा लगाइएको शुल्क तत्काल नहटाउने बताएका हुन् । उनले भने, ट्रम्प सरकारद्धारा चीनका साथ गरिएको प्रारम्भिक व्यापार सम्झौतालाई तत्काल रद्द गरिनेछैन ।

उनले अमेरिकाको भू–राजनीतिक प्रतिद्धन्द्धीका साथ भविष्यको भेटवार्तामा आफ्नो लाभलाई अधिकतम राख्न चाहेको बताए ।

उनले हाल अमेरिका–चीनबीच रहदै आएको सम्झौतामा पहिले समीक्षा गर्ने बताएका छन् । उनले युरोप र एसियामा रहेका परम्परागत मित्रहरुसँग सहकार्यको रणनीति विकास गर्ने बताए ।

चीनसँगको उत्तम रणनीति भनेको कम्तीमा पनि मित्रहरुसँग गरिने खालको नै हुनेछ । मेरो राष्ट्रपतिको कार्यकालको सुरुको समयमा हाम्रा मित्रहरुलाई गरिने व्यवहारको बारेमा खुलासा गर्नेछु, उनले भने ।-मेरोलगानी/Photo: Agency



प्रतिक्रिया दिनुहोस्