Logo

लाठीले हानेर आफ्नै बुबाको हत्या



गोरखा, १८ मंसिर । आफ्नै बुबाको हत्या गरेको अभियोगमा ४० वर्षीय पुरुषलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । आफ्नै बुबा ७० वर्षीय तुलाराम ढकालको हत्या गरेको अभियोगमा सिरानचोक गाउँपालिका–८ धन्सारका भुवन ढकाल पक्राउ परेका हुन् ।

सोही गाउँपालिका–८ धापेस्थित खेतमा धान झाट्ने क्रममा झगडा हुँदा भुवनले आफ्नै बुवा तुलारामलाई लाठीले हानी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जौबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेका जनाएको छ ।

गम्भीर घाइते भएका तुलारामको प्राथमिक स्वास्थ्य केन्द्र जौबारीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्