Logo

२५ किलो गाँजा सहित पक्राउ



बाँके, १८ मंसिर । २५ किलो अवैध लागूऔषध गाँजा सहित एक पुरुष पक्राउ परेका छन् । नरैनापुर गाउँपालिका–४ जयरामपुरवाका धनिराम यादवलाई करिब २५ किलो अवैध लागूऔषध गाँजा सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
उनको घरमा गाँजा लुकाई राखेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरीले यादवको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्