Logo

रामचन्द्र पौडेलसँग सरकार ब्याक, हजारौं जनतामाझ बुल्दी खोलाको पुल उद्घाटन



तनहुँ, १८ मंसिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गृहजिल्ला तनहुँको बुल्दी खोलास्थित पुलको उद्घाटन गरेका छन् । हिजो सरकारले अवरोध गरी पुल उद्घाटन रोकी पौडेललाई गिरफ्तार गरेकोमा रिहा भएपछि उनले आज उद्घाटन गरेका हुन् ।

पौडेलसँग सरकार ब्याक भएपछि पुल उद्घाटन भएको हो । यसअघि जिल्ला प्रशासन कार्यालयको निर्देशनमा पौडेललाई पुल उद्घाटन गर्नबाट रोकेको थियो । आज सोही स्थानमा पुगी पौडेलले हजारौं तनहुँवासीमाझ पुल उद्घाटन गरेका थिए । त्यस क्रममा नेपाली काँग्रेसका प्रभावशाली नेता देखि स्थानीय नेता कार्यकर्ता ठुलो संख्यामा पुगेका थिए ।

हिजो पौडेललाई गिरफ्तार गरिएको घटनाको सर्वत्र निन्दा भएको थियो । काँग्रेस सभापति शेरबहादुर देउवाले ओली सरकारलाई चेतावनी दिदै घटनाको निन्दा गरेका थिए । काँग्रेसले देशव्यापी विरोध कार्यक्रम समेत गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्