Logo

पौडेलले पुल उद्घाटन गरेरै छाडे



दमौली, १८ मंसिर । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आज बुल्दी खोलाको पुल उद्घाटन गरेका छन् । बुधबार उद्घाटन गर्न रोक लगाएको तनहुँ व्यासस्थित बुल्दीखोलाको पुल वरिष्ठ नेता पौडेलले आज उद्घाटन गरेका हुन् ।

तनहुँको व्यास नगरपालिकाका वडाहरु १, १० र ११ जोडुने उक्त पुलको उद्घाटन गर्न जाने क्रममा नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पौडेलले उद्घाटन गर्ने भएपछि नेकपा तनहुँ र राष्ट्रिय युवा संघले विरोध जनाएको थियो । विवाद बढ्ने खतरा बढेको भन्दै प्रशासनले निषेधाज्ञा समेत जारी गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्