Logo

महिलाको गहना लुटपाट गर्ने ३ जना पक्राउ



काठमाडौं, १८ मंसिर । सुनका गहना लुटपाट गरेको अभियोगमा ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
टोखा नगरपालिका-९ कुलान्त मार्गस्थित सडकबाट सुनका गहना लुटपाट गरेको अभियोगमा झापा घर भएका तुलसी कटुवाल लगायत ३ जना बुधबार साँझ पक्राउ परेका हुन् ।

काठमाडौं नेपालटार बस्ने नुवाकोट किस्पाङ गाउँपालिका–३ घर भएकी २७ वर्षीया महिलाको एक तोलाको सुनको मंगलसुत्र र ५२ लालको सुनको झुम्का लुटपाट गरी लुटेरा फरार भएको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले टोखा नगरपालिका–९ स्थित शिवानी गेष्ट हाउसबाट उनीहरुलाई उक्त गरगहना सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्