Logo

फेरी प्रहरीकै बर्दीमा सलमान खान



एजेन्सी, १८ मंसिर । बलिउड स्टार सलमान खानलाई अपकमिङ फिल्म राधेमा फेरी एक पटक प्रहरीको बर्दीमा दर्शकले देख्न पाउने भएका छन् । ‘राधेः योर मोस्ट वान्टेड भाई’ फिल्मको सुर्टिङ लकडाउन अगाडी सुरु भएपनि कारोनाको कारण रोकिएको थियो । हाल भने केही दिन अगाडी फिल्मको काम सकिएको छ । यस फिल्ममा सलमान ‘दबंग’ सीरीजमा जस्ता अवतारमा देखिएका छन् । तर राधेमा उनको भुमिका दबंगको भुमिका भन्दा बिकुल्ल फरक भएको खबर बाहिर आएको छ ।

एक समाचार अनुसार, राधेमा सलमान प्रहरीको अवतार दबंग मा उनको भुमिका भन्दा धेरै फरक रहेको छ । जहाँ दबंग सीरीजमा सलमान चुलबुल पान्डे बनेर मानिसहरुको अनुहारमा हासो लिएर आएका थिए । तर राधेमा सलमान सीरियस प्रहरीको भुमिकामा देखिदैछन् ।

राधेमा सलमानलाई हासी मजाक गरेको, गीत गाएको देख्न मुस्किल हुने पनि उनको भनाई थियो । यस बारेमा निर्देशक प्रभुदेवाले भनेका छन्, ‘सलमानलाई दबंगमा भन्दा राधेमा धेरै गम्भिर हुन लगाइएको हो ।’

राधे र जन्जीरमा अमिताभ बच्चन र सलमान भएको विषयमा कुरा गर्दै प्रभुदेवाले भने, ‘दुवैजना प्रहरी इन्स्पेक्टर फाल्तु कुरा गर्दैनन् आफ्नो कर्तव्य राम्रोसँग निभाउदै अपराधिलाई कुनै हालतमा पनि छाड्दैनन् ।’ त्यसो त सलमान अब आउने नयाँ फिल्म ‘अन्तिम’ मा पनि प्रहरीकै भुमिकामा देखिदैछन् । आयुष शर्माले यो फिल्मको लिड गर्नेछन् । Photo source: Agency



प्रतिक्रिया दिनुहोस्