Logo

कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु



काठमाडौं, १८ मंसिर । कोरोना संक्रमणबाट आज थप १३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १५५१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित १३ सय ४३ थपिएका छन् । आज २१ सय ११ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ३७ हजार ५ सय ८९ संक्रमित भएपनि २ लाख २० हजार २ सय ७२ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने १५ हजार ७ सय ६६ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म १७ लाख ६३ हजार ९ सय १९ जनाको पिसीआर परिक्षण भएको छ भने १५ हजार ७ सय ६६ जना आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या ५ सय ७६ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्