Logo

विवाह पछि आदित्यले यसो भने



एजेन्सी, १८ मंसिर । बलिउड गायक आदित्य नारायण आफ्नी प्रेमिका श्वेता अग्रवालसँग विवाह बन्धनमा बाँधिएका छन् । उनीहरुको विवाहको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यी दुईको विवाह मन्दिरमा भएको हो । श्वेतासँग विवाह गर्दा आदित्य निकै खुशी भई भनेका छन्, ‘श्वेतासँग विवाह हुनु सपना साचो भएको जस्तो लागेको छ ।’

विवाह पछि एक अन्र्तवार्तामा आदित्यले भने, ‘श्वेता र मेरो विवाह भएको सपना जस्तो लागेको छ ।’ आदित्यले श्वेता भन्दा अरुसँग जिन्दगी बिताउन सोच्न पनि नसक्ने बताए । उनले आफुलाई राम्रो मानिस बन्न मद्दत गरेको भन्दै सधैभरी श्वेताको साथमा रहने पनि जानकारी दिए ।

कोरोना भाइरसको कारण विवाहका सबैलाई बोलाउन नसकेको र सानो तरिकाले गर्नुपरेको पनि बताए । उनले विवाहले घर परिवार धेरै खुशी भएको जिकीर गरे । उनको विवाहमा बाबु उदितनारायण झा नाचेका थिए ।

श्वेता र आदित्यको भेट ‘शापित’को सेटमा भएको थियो । यी दुईजनाले मित्रतालाई विस्तारै मायामा परिणत गरेर भर्खरैमात्र १० वर्षको प्र्रेमलाई साकार पार्दै विवाह बन्धनमा बाधिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot