Logo

फेरी विवाह गर्दै श्वेता खड्का



काठमाडौं, १८ मंसिर । नायिका श्वेता खड्काले आगामी मंसिर २२ गते विवाह गर्दैछिन् । उनले धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी हुन् । गोकर्ण फरेस्ट रिसोर्टमा २२ गते हुने विवाहको पुष्टि श्वेता र विजयेन्द्रको विवाहको कार्डले गरेको हो ।

श्वेताको मंसिर ५ मा नै विवाह हुने हल्ला बाहिरीएको थियो तर, उनले त्यतिबेला सत्यता नभएको जानकारी दिएकी थिइन् । हाल भने वैवाहिक कार्यक्रमको कार्ड नै सार्वजनिक भएको छ । उनीहरु दुईजना लामो समयदेखि प्रेम सम्बन्धमा रहेको समाचार माध्यमहरुले बताउँदै आएका थिए । यसपटकको दशैको टिका यी जोडीले सँगै लगाएको तस्वीर पनि बाहिरिएको थियो ।

स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठले निर्माण गरेको फिल्म ‘कहाँ भेटिएला’ बाट श्वेता नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकी थिइन् । कामको सिलसिलामा उनको श्रीकृष्ण श्रेष्ठसँग माया बस्यो र २०७१ सालमा विवाह गरे । तर, विवाह गरेको एक महिनामा नै क्यान्सरले श्रीकृष्ण श्रेष्ठको निधन भएपछि लामो समयसम्म श्वेता बाहिर निस्कन सकिनन् ।

अभिनेता श्रेष्ठको निधन अगि नै उनीहरुले व्यवसाय सुरुगरेका थिए । पछि श्वेताले निरन्तरता दिइन् । सामाजिक सेवामा पनि अग्रसर उनले सिन्धुपाल्चोकमा एकिकृत नमुना वस्ती पनि निर्माण गरिरहेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्