Logo

मुसा मार्नेलाई २५ रुपैयाँ पुरस्कार



पाकिस्तानमा मुसा मार्नेलाई २५ रुपैयाँ इनाम दिइन्छ । केही समय पहिले एक शिशुको मृत्यु मुसाले टोकेपछि भएको थियो । बच्चाको मृत्युपछि पेशावर प्रशासनले मुसाको आतंक अन्त्य गर्नलाई यस्तो योजना ल्याएको हो ।

योजना अनुसार, एक मुसा मारेमा २५ रुपैयाँ इनाम दिने घोषणा गरिएको हो । सरकारले नै बनाएको यस योजनाले समस्याबाट मुक्ति पाउनलाई सर्वसाधारणलाई परिचालन गरेको हो । मुसा मार्नलाई प्रोत्साहन गर्न २५ रुपैयाँ दिने भनिएको हो ।

पेशावर प्रशासनले मुसाको आतंकबाट मुक्त हुन बैठक राखेको थियो । ठुला ठुला मुसाले मानिसमाथि हमला गर्ने, स्वास्थ्य सम्बन्धि समस्या उत्पन्न गर्ने जस्ता मानव विपरित कार्य गरेको थियो । घर–घरबाट मुसा मार्ने अभियान चलाइएको थियो । ठुला मुसा २२–३० सेन्टीमिटरसम्म का हुन्छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्