Logo

जवान देखिन नशा त्याग्नुहोस्



रेडिट युजर मीटो नामका एक व्यक्ति रक्सी छाडेपछि जिन्दगीमा परिर्वतन भएको सामाजिक सञ्जालमा सेयर गरेका छन् । एक समयमा मीटो रक्सीमा डुबेका थिए र लगभग मृत्युको मुखमा पुगेका थिए । मीटोले रक्सी छाडेपछि आफुमा आएको परिर्वतन अनलाइनमा सेयर गरेका थिए । उनले लेखेका छन्, ‘हप्तामा ३ कार्टुन बियर पिउँथे । दर्जनौ पटक बार छाड्ने प्रयास गरे । यस्तो हालत मेरौ दैनिक रुपमा बढ्दै गयो र म बिरामी हुन थाले ।’

मीटोले नशा छाड्नकै लागि तीन महिनादेखि अगाडि देखि दोडन पनि सुरु गरेका थिए जसको कारण उनलाई तौल घटाउन मद्दत पुग्यो । ४ महिना पहिला उनले एक पोस्ट गर्दै भनेका थिए, ‘१२ वर्षसम्म हरेक दिन रक्सी पिउँदा लगभग मृत्युको मुखमा पुगेको थिए । आज नशा छाडेको एक वर्ष पुगेको छ । मैले हालसम्म करीब ३६ किलो तौल कम गरेको छु ।’ उनले बारम्बार आफुले बाचा तोड्दै जाने गरेको भएपनि पछिल्लो समयमा भने कमिटमेन्ट पुरा गरेको बताएका छन् ।

उनको नशा छाडेपछिको फोटो स्मार्ट र झन युवा देखिएका छन् । सामाजिक सञ्जालमा धेरैले यस्तै राम्रो प्रतिक्रिया उनलाई दिएका छन् । मीटोले अरुलाई पनि रक्सीको नशा छाड्न अनुरोध गरिरहेका छन् । उनले एक्सरसाइज गर्ने र सन्तुलित भोजन गर्न पनि सबैमा आग्रह गरेका छन् । मीटोले आफ्नो घरमा अल्कोहल नराख्न पनि सल्लाह दिएका छन् । उनको अनुसार नशामा डुब्नु भनेको आफ्नो खुट्टामा आफै बन्चरो हान्नु जस्तै हो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्