Logo

शिक्षकको तलवको बदलामा तरकारी



उज्बेकिस्तानमा शिक्षकको तलवको बदलामा केही चीज छान्न दबाब दिइएको छ । शिक्षकको तलबको सट्टा आलु, गाजर र कन्दमुल जस्ता तरकारीलाई छान्न दिइएको हो । मिडियाको रिपोर्ट अनुसार शिक्षकहरुले यस्तो कामलाई लाजमर्दो भएको प्रतिक्रिया दिएका छन् । यो घटना उज्बेकको कैरेकलपाकस्तान रिपब्लिकमा भएको हो ।

शिक्षकहरुले सरकार प्रति आक्रोस पोख्दै विरोध गरिरहेका छन् । उनीहरुले सरकारलाई भ्रष्ट नोकरशाहीको संकेत दिएको बताएका छन् । शिक्षकहरुलाई यदि कुखुराको मासुकोे आवश्यकता भएमा बजारको भाउ भन्दा धेरै सस्तोमा खरिद गर्न सक्नेछन् । हालसम्म शिक्षकको तलब ७ हजार सोम तोकिएको छ । तर बजारको मुल्य भने यो भन्दा दोब्बर भएको शिक्षकहरुले बताउँदै आएका छन् । सरकारी अधिकारीहरुले बैंकमा पैसाको अभाव भएकोले यस्तो उपाय लगाएको जानकारी दिएका छन् ।

वास्तवमा उज्बेकिस्तान केही वर्षबाट आयश्रोतको कमीको कारणले विभिन्न समस्यासँग जुध्दै आएको छ । यसको असर कर्मचारीलाइृ परेको छ । उज्बेकिस्तान सरकारले मिडियालाई नियन्त्रण राखेको छ । यदि नागरिकले मिडियासँग कुरा गर्न चाहेमा आफ्नो परिचय लुकाएर मात्र कुरा गर्न सक्छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्