Logo

काठमाडौंमा आज ५६१ संक्रमित थप



काठमाडौं, १८ मंसिर । काठमाडौं उपत्यकामा आज एकै दिन ५ सय ६१ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १३ सय ४३ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ५ सय ६१ जना थपिएसँगै जोखिम बढेको छ ।

त्यसैगरी आज २४ घन्टामा २१११ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या २ लाख २० हजार २ सय ७२  रहेको छ । आज काठमाडौं उपत्यकामा थपिएका ५ सय ६१ जना मध्ये ४५५ जना काठमाडौंका, ललितपुरका २६ र भक्तपुरका ८० जना रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्