Logo

राजावादीद्वारा सुर्खेतमा प्रदर्शन



सुर्खेत, १८ मंसिर । राजावादीले आज सुर्खेतमा प्रदर्शन गरेका छन् । हिन्दु राष्ट्र र राजसंस्था पुर्नस्थापनाको माग गर्दै उनीहरुले शक्ति प्रदर्शन गरेका हुन् ।

हिन्दु राष्ट्र राज संस्था पुर्नस्थापना संघर्ष समिति सुर्खेतको आयोजनामा सयौंको संख्यामा मोटरसाइकल रयाली निस्किएको थियो । प्रदर्शनका क्रममा पूर्व राजा ज्ञानेन्द्र र कोमल शाहको तस्बिर समेत राखिएको थियो ।

राजावादीहरुले बाँजागाँजासहित शक्ति प्रदर्शन गरेका थिए । सरकारले कोरोना भाइरसको महामारीमा जुलुस सभा तथा प्रदर्शन नगर्न भनिरहँदा राजावादीले प्रदर्शन गरेका हुन् ।

यसअघि राजावादीले विराटनगर, जनकपुर, धनगढी, बुटवलका अलावा काठमाडौंमा पनि प्रदर्शन गरेका थिए । २० मंसिरमा राजावादीले काठमाडौंमा शक्ति प्रदर्शनको तयारी गरेका छन् । प्रशासनले त्यसलाई रोक्न आग्रह गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्