Logo

प्रदीप पौडेलको किसान श्रेष्ठमाथि आरोपः विचौलिया र ठेकेदार सांसद हुँदैमा हैसियत थपिदैन



तनहुँ, १८ मंसिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले तनहुँ १ का सांसद किसान श्रेष्ठलाई विचौलिया भनेका छन् । आज बुल्दी खोलाको पुलमा आयोजित कार्यक्रममा बोल्दै उनले श्रेष्ठ विचौलिया र ठेकेदारी गर्दै हिंड्ने व्यक्ति भएकाले सांसदको गरिमामा बस्न नसकेको टिप्पणी गरेका हुन् ।

‘किसान श्रेष्ठ विचौलिया हुन्, ठेकेदार हुन् । सांसद भएर हैसियत थपिदैन,’ पौडेलले भने । श्रेष्ठले कसरी त्यत्रो पैसा कमाए भनी प्रश्न समेत गरे ।

तनहुँमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बुल्दी खोलाको पुल उद्घाटन गर्न पुग्दा प्रहरीले हिजो बल प्रयोग गरेको घटनामा किसान श्रेष्ठको संलग्नता रहेको उनको आरोप थियो । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले नेता पौडेललाई लाठी प्रहार गर्न लगाएको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्