Logo

पाकिस्तानमा कोभिडका संक्रमित बढ्दै, सक्रिय संक्रमितको संख्या ५० हजार नाघ्यो



१८ मङ्सिर: पाकिस्तानमा पछिल्लो समयमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । त्यहाँका स्थानीय अधिकारी र सो मन्त्रालयले राजधानी इस्लामावादसहित यहाँका अरु पनि शहरहरुमा पछिल्लो समयमा यस भाइरसका संक्रमितहरु बढ्न थालेको जनाएका हुन् ।

बिहीबार मात्र त्यहाँका अधिकारीहरुले दिएको जानकारीमा त्यहाँका कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या ५१ हजार ६५४ जना पुगेको छ । अधिकारीहरुले त्यहाँ कोरोना भाइरसको दोस्रो वेभ आएको पनि बताएका छन् । जसबाट यहाँका नागरिकमा पछिल्लो समयमा भाइरसको त्रास बढ्दै गएको पाइएको छ ।

त्यहाँको राष्ट्रिय जियो टेलिभिजन संस्थाले दिएको जानकारीअनुसार गएको २४ घन्टामा मात्र पाकिस्तानमा तीन हजार ४९९ जना नयाँ संक्रमित थपिएका छन् । पाकिस्तानका सञ्चारमाध्यमहरुले पाकिस्तानमा पछिल्लो समयमा भाइरसका संक्रमितहरु बढ्न थालेका र त्यहाँ कोरोना भाइरसको सेकेन्ड वेभ आएको बताएका छन् ।

त्यहाँ कोरोना भाइरसका संक्रमितहरुको संख्या ४ लाख छ हजार ६१६ पुगेको त्यहाँका स्थानीय अधिकारी तथा स्वास्थ्य मन्त्रालयद्वारा उपलब्ध तथ्यांकहरुमा उल्लेख गरिएको छ ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्