Logo

चीनको चन्द्रयान नमूना संकलन गर्न सफल



एजेन्सी, १८ मंङसिर । चीनद्वारा निर्मित चेंज ५ स्पेस क्राफ्टले चन्द्रमाको सतहमा पुगी नमूना संकलन गर्न सफल भएको छ । उक्त नमूनालाई स्पेसक्राफ्ट भित्र सिल गरिसकेको चिनियाँ नेश्नल स्पेस एडमिनिस्ट्रेशनले बिहिबार सार्वजनिक गरेको छ ।

२४ नोभेम्बरको उडान भरेको स्पेस क्राफ्टले डिसेम्बर १ माल्याण्ड गरी नमूना संकलन गर्न सफल भएको हो । उक्त स्ेपस क्राफ्ट चन्द्रमाको सतहमा करिब १९ घण्टासम्म काम गरेको जनाइएको छ । विज्ञहरुले चाहे अनुसार स्पेसक्राफ्टले नमूना संकलन गरी पठाएको विषयमा समेत जनाइएको छ ।

नमूना संकलन गर्न दूइ्र्र वटा विधि जडान गरिएको थियो । एक सतहमा पुगी ड्रिल गरी नमूना संकलन गर्ने र अर्को त्यस नमूनालाई समेटेर स्पेसक्राफ्ट भित्र राख्ने । संकलन गरिएको नमूनालाई तापमान मिलाएर पृथ्वीसम्म ल्याइने भएको बुझिएको छ । विभिन्न प्राविधिक सामाग्री सहित उक्त प्रोबलाई पठाइएको थियो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्