Logo

चीनले विश्वलाई कोरोना खोप दिने



एजेन्सी, १८ मंङसिर । विश्वलाई चीनले कोरोना भाइरसको खोप प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको थियो । उसले विगतको प्रतिवद्धतालाई पूरा गर्ने जनाएको छ ।

चीन सम्पूर्ण मूलूकलाई खोप वितरण गर्न तयार भइसकेको जनाइसकेको छ । चीनको सेन्जेन अन्राष्ट्रिय विमानस्थलमा अत्याधिक मात्रामा कोरोना खोप तयार अवस्थामा रहेको छ । अन्य देशको ड्रग रेगुलेटरको मान्यता पाउना साथ चीनले डेलिभरी गर्ने भएको छ ।

चीनले अगामी महिनामा कोरोना खोपको मिलिअन डोजहरु कोरोना खोपको अन्तिम चरणमा परीक्षण गरिरहेको मुलुकलाई वितरण गर्ने बताइएको छ । विकासशील देशहरुलाई चीनको प्रभावशाली नेताहरुले कोरोना खोप प्रदान गर्ने अगावै बताइसकेका थिए । त्यस्ता देशहरुलाई उसले प्राथमिकतामा राखेको बताइरहेको छ ।

कोरोना महामारीको सुरुवात चीनबाट भएको दागलाई हटाउन कोरोना खोप सही ढंगले वितरण गर्न चीनको छवी विश्व सामू सुधार हुने भन्दै यस मामलामा सक्रियता देखाएको छ । कोरोना खोपले चीनसित अन्य राष्ट्रको सम्बन्धमा सुधार आउने बताइएको छ ।

चीनलाई खराब स्तरको मास्क र स्यानीटाइजर वितरण गरेको विषयमा चीनलाई सम्पूर्ण खोप लगाइरहेको अवस्थामा चिनियाँ खोपले उक्त आरोपहरुलाई मेटाउन प्रभावकारी हुने बुझिएको छ । चीन तत्काल चार कम्पनीबाट पाँच किसिमका खोपहरु उत्पादन गर्दै गरेको छ । ती सबै खोपहरु परिक्षणको तेस्रो चरणमा प्रवेश गरिसकेको जनाइएको छ ।

चिनियाँ खोप कति प्रभावकारी रहेको पत्ता लगाउन अन्य १६ देशमा आफ्नो परिक्षणलाई तीव्रता दिएको छ । सिनोभ्याकले ब्राजिल ४ करोड ६० लाख डोज दिने भएको छ भने टर्कीलाई ५ करोड डोज दिने भएको छ । त्यसैगरि ४ करोड डोज इन्डोनेसियालाई दिने भएको छ । त्यसैगरि क्यानसिनो बायोलोजिक्सले साँढे तीन करोड डोज मेक्सिकोलाइृ दिने भएको छ । त्यसैगरि अन्य खोप कम्पनीले विभिन्न मुलुकलाई खोप प्रदान गर्ने योजना सार्वजनिक गरिसकेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्