Logo

मन्त्रिपरिषद बैठकद्वारा प्रेम कँडेललाई सचिवमा बढुवा



काठमाडौं, १८ मंसिर । मन्त्रिपरिषद बैठकले प्रेम कँडेललाई सचिवमा बढुवा गरेको छ । सहसचिव कँडेललाई आज बसेको बैठकले सचिवमा बढुवा गरेको हो ।

लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा आइतबार बसेको बुवा सिफारिस समितिले वरिष्ठ सचिवमध्येबाट कृष्णप्रसाद आचार्य, प्रेम नारायण कँडेल र निरु दाहाल पाण्डेका नाम बढुवाका लागि सिफारिस गरेको थियो । दुई नम्बरमा बढुवा सिफारिश भएका कँडेललाई सरकारले बढुवा गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले अन्य महत्वपूर्ण निर्णयहरु पनि गरेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्