Logo

ओली–दाहाल बोलचाल बन्द, गृहमन्त्री थापा बीचबीचमा



काठमाडौं, मंसिर १९ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद बढदै गईरहेका बेला दुई अध्यक्षका बीचमा सम्बाद हुन छोडेको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालका बीचमा पछिल्लो समय सम्बाद नै भईरहेको छैन् । पार्टी बैठक बाहेक दुई अध्यक्ष बीचको छलफल विवाद समाधान केन्द्रीत भएको छैन् । अध्यक्षद्धय ओली र दाहाल आ–आफ्नै रणनीति अनुसार अगाडी बढन खोजेपछि पार्टीभित्रको विवाद थप चर्किदै गईरहेको छ ।

२६ कातिकमा अध्यक्षद्धय ओली र दाहालका बीचमा छलफल भएको थियो । पार्टीभित्र यस अघि देखिदै आएको समस्या दुई अध्यक्षले आन्तरिक छलफल गरेरे टुंगो लगाउँदै आएका थिए । तर पछिल्लो समय एकले अर्कोलाई गम्भिर आरोप सहित सचिवालय बैठकमा लिखित रुपमै राजनीतिक प्रस्ताव पेश गरेपछि दुई अध्यक्ष बीचको सम्बाद टुटेको हो ।

अध्यक्ष दाहालले २८ कातिकको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीमाथि गम्भिर आरोप लगाउँदै राजनीतिक प्रस्ताव पेश गरेका थिए । त्यसको जवाफ सहित ओलीले अर्को राजनीतिक प्रस्ताव १३ मंसिरको सचिवालय बैठकमा पेश गरेका छन् । दाहालमाथि गम्भिर आरोप लगाउँदै ओलीले आफ्नो प्रस्तावमा बिभिन्न प्रश्न तेर्साएका छन् ।

९ सदस्यीय सचिवालय रहेको नेकपामा अध्यक्ष दाहाल सहित वरिष्ठ नेताद्धय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ एउटा समुहमा रहेका छन् । अर्को तर्फ नेकपा अध्यक्ष ओली र सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव बिष्णु पौडेलको छुटै समुह छ । दुबै समुहमा खुलेर नलागेका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बीचबीचमा रहेको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्